Preeti to Unicode

महिनावारी ! अब नो टेन्सन !

प्यारा भाइबहिनीहरु, महिनावारी सम्बन्धि गलत प्रथाहरु अझै कायमै छन् । तपार्ईंहरु मध्ये कतिपयले त केटीहरुलाई महिनावारी भएको थाहा पाउँदा जिस्क्यिाउनु पनि भएको छ होला । यो अवस्थामा छुनु हुँदैन भनिन्छ । अझै पनि दुर्गम गाउँमा त यो अवस्थामा घर बाहिर राख्ने प्रथा कायमै छ । 

कतिपय ठाउँमा चेतनाको कमिले महिनावारी भएको समयमा विद्यालय नै नजाने गरेको पनि पाइन्छ । यो विषयमा घर, विद्यालय लगायतमा पनि खुलेर चर्चा गरिँदैन । जसका कारण समस्या बढेको हो । 

महिनावारीलाई पिरेड, मिन्स, मासिक श्राव लगायत पनि भनिन्छ । यो किशोरी अवस्थामा प्रवेश गरेको सङ्केत हो । 

शुरुआत्को समयमा कोहीलाई बढी नै पेट दुख्छ । कोहीको जीउ बेस्सरी तात्छ, कोहीलाई कम्मर, ढाड र तिघ्रा दुख्छ । विद्यालयमा छात्रामैत्री शौचालय नहुँदा समस्या छ । सेनेटरी प्याड नपाउँदा त झन् समस्या हुन्छ । 

यो समस्या बुझेपछि जिल्ला बाल क्बल सञ्जाल, काठमाडौंका संयोजक राजाराम बस्नेत (१५) ले एउटा जुक्ति निकाले । अन्य साथीहरुसँग मिलेर छात्रामैत्री शौचालय अभियान चलाए । महिनावारी हुने बालिकाहरुलाई लक्षित गरेर अभियान चलाइको हो । 

प्रत्येक साता एक रुपैयाँ उठाउँछन् । खुत्रुकेमा हाल्छन् । सबैबाट महिनामा १२ सय सङ्कलन हुन्छ । त्यो पैसाले सेनेटरी प्याडको व्यवस्था गरिएको छ । 

शौचालय पनि व्यवस्थित बनाइयो । पानी र साबुनको पनि राखियो । प्रयोग भएका प्याड फाल्न डस्टिविन राखियो । प्राथमिक उपचार कक्षको पनि व्यवस्था भयो ।  

कक्षा १० मा पढ्ने राजारामको रचनात्मक सोचले विद्यार्थीहरुमा परिवर्तन परिवर्तन आयो । केटा साथीहरुसँग पनि महिनावारीको विषयमा केटीहरुले खुलेरै छलफल गर्न थाले । 

यो सकरात्मक अभियान बारे देशै भरका बालक्लबले बुझ्न जरुरी छ । यसबाट केही सिक्नु आवश्यक छ । यही ठानेर कान्तिपुर दैनिकका बाल परिशिष्टाङ्क ‘कोपिला’का पृष्ठ सम्पादक दामोदर न्यौपानेले यो विषयलाई कभर स्टोेरी बनाए । बालक्लबका साथीहरु अझ प्रोत्साहित भए । 

अब अन्य क्षेत्रका बालक्लब र सम्बद्ध बालअधिकारकर्मी साथीहरुले पनि राजारामको यो अभियानबाट केही सिक्ने पो हो कि !

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

कृपया प्रतिकृया यहाँ पोष्ट गरिदिनु होला।