मुलधारका सञ्चारमाध्यमले बालबालिकाको विषयलाई प्राथमिकता दिँदैनन् । ‘बालबालिका’कै छुट्टै बिट पनि बन्न सक्छ भन्ने कल्पनासम्म पनि गरिएको छैन ।
![]() |
पत्रकार एवं लेखक न्यौपाने । |
साप्ताहिक रुपमा बालबालिकाका लागि छुट्टै पृष्ठ प्रकाशन भए तापनि ती बालबालिकालाई निर्देशन दिने खालका छन् ।
बालबालिका के गर्दै छन् ? के चाहन्छन् ? रुचि केमा छ ? र, उनीहरुको अवस्था के छ ? भन्ने कुरा सञ्चारमाध्यमको प्राथमिकतामा पर्दैन ।
कुनै जीवजन्तु वा काटुर्नका पात्रलाई लिएर सिर्जना गरिएका निर्देशनात्मक कथालाई ठूलो स्पेस दिइन्छ । तर, बालबालिकाको पीडा उनीहरुको भोगाई र गराईलाई कमै मात्र समेटिएको छ ।
यस्तो अवस्थामा बालबालिकाको विषयमा केन्द्रित रहेर पत्रकार दामोदर न्यौपानेले ‘कर्म : सिकाईमा गहिरिएको खाडल’ नामक पुस्तक ल्याएका छन् ।
नेेपाली बालबालिकाको अवस्थालाई सूक्ष्म रुपमा अध्ययन गरेर तयार गरिएको यो पुस्तकलाई बालबालिकाको क्षेत्रमा कार्यरत् व्यक्ति तथा संघसंस्थाले एउटा दस्तावेज मानेका छन् ।
उनै पत्रकार एवम् लेखक न्यौपानेसँग गौरव पोखरेलले गरेको कुराकानी :
➠ ‘कर्म’ कस्तो किसिमको पुस्तक हो ?
यो विधाको हिसाबले प्रबन्ध हो । निबन्ध र प्रबन्धमा खासै फरक छैन । निबन्धमा चाहिँ केही काल्पनिक कुरा पनि हुन्छन् । तर, प्रबन्धमा शत्प्रतिशत सही कुरा हुन्छ ।
मैले यहाँ गाउँगाउँ डुलेर बालबालिकाले भोगेको र बुझेको कुरा लेखेको छु । उनीहरुले बाँचिरहेको अवस्थालाई उतानेर् मेरो कोशिस हो ।
➠ यो पुस्तक कसको लागि हो त ?
यही समूहका लागि हो भन्ने छैन । बालबालिकालाई केन्द्रमा राखेर लेखिएको पुस्तक हो यो । बालबालिकाको विषयमा जसलाई चासो छ, उनीहरुलाई लागि हो यो पुस्तक ।
बालक्लबमा रहेका बालअभियन्ताहरुले यो हाम्रो किताब हो भनेर दाबी गरेका छन् । हुन त, महिलाहरुले पनि यो पुस्तक हाम्रो लागि लेखिएको हो भनेर दाबी गर्छन् । किनकि पुस्तकमा महिला एवम् बालिकाहरुको विषयलाई पनि प्राथमिकता दिइएको छ ।
➠ के उद्देश्य लिएर कर्म लेख्नुभयो ?
मेरो पहिल्यैदेखि बालबालिकाको विषयमा रुचि थियो । कान्तिपुरको साप्ताहिक बालकोसेली कोपिलाको संयोजन गनेर् जिम्मेवारी पाएपछि बालबालिकाको बारेमा खोजी गर्न थालेँ ।
उनीहरुप्रति समाजको दृष्टिकोण कस्तो छ ? उनीहरुको बारेमा मिडियामा कस्ता कस्ता कुरा आइराखेका छन् ? भन्ने विषयमा खोजी गरेँ । र, निष्कर्षमा पुगे“, ‘बालबालिकालाई हेनेर् दृष्टिकोण राम्रो छैन ।’
कुनै जीवजन्तु वा काटुर्नका पात्रलाई लिएर सिर्जना गरिएका निर्देशनात्मक कथालाई ठूलो स्पेस दिइन्छ । तर, बालबालिकाको पीडा उनीहरुको भोगाई र गराईलाई कमै मात्र समेटिएको छ ।
बालबालिकाहरुको विषयलाई उठाउनु जरुरी छ भन्ने लाग्यो । अनि एउटा मिसन नै लिएर अघि बढेँ । र, उनीहरुको अवस्थाको बारेमा धेरै लेखे“ ।
तर, जति बुझेँ, भोगे“, थाहा पाएँ, त्यो सबै कुरा अखबारमा उल्लेख गर्न साध्ये थिएन । फेरि ती कुरालाई म बहसमा पनि ल्याउन चाहन्थे“ । त्यसैले कर्म लेखियो ।
➠ तपाईंको मिसन चाहिँ के थियो त ?
मुख्य कुरा बालबालिकाको विषयलाई सूक्ष्म रुपमा अध्ययन गरेर उठाउने लक्ष्य लिएँ । उनीहरुलाई नै प्राथमिकता दिएँ ।
उनीहरुलाई के-के सिकाउनु जरुरी छ ? उनीहरुको बारेमा सबैले पढ्नु जरुरी छ भन्ने कुरालाई केन्द्रित गरेर अघि बढेँ । यस क्रममा मैले बालबालिकाको अधिकार, कर्तव्य, सूचना प्रविधिमा बालबालिकाको पहुँच लगायतको विषय उठाएँ ।
➠ कर्म लेखेपछि अखबारमा बालबालिकाको कुरा दामोदर न्यौपानेले ल्याउन छोड्यो भन्छन् नि ?
कर्म बालबालिकाको विषयमा केन्द्रित छ । अहिले म यो पुस्तकलाई बालबालिकाको बीचमा लाने अभियानमा छु । जहाँसम्म अखबारमा बालबालिकाको कुरा उठाउन छोडेको भन्ने कुरा छ, त्यो त मैले कार्यालयले मलाई जुन विधामा तोक्छ त्यही विधामा मैले काम गनेर् हो ।
अहिले म स्थानीय निकाय, सम्पदा बिटमा काम गदैर्छु । यद्यपि, म बालबालिकाबाट टाढा भने गएको छुइनँ । बालबालिकाकै सेरोफेरोमा छु ।
➠ कर्मले समाजमा के प्रभाव र्पायो त ?
कर्मले बालबालिकालाई हेर्ने दृष्टिकोण बदल्नु पर्छ भन्ने सन्देश दिएको छ । करिब एक महिनाअघिको कुरा हो, पोखराको सिता दाहालले कर्ममा अटिजम भएका बालबालिकाको बारेमा पढेर उहाँको एक दिनको आम्दानी उनीहरुका लागि पठाइदिनुभयो ।
रेडियो नेपालमा मैले पुस्तकको बारेमा अन्तरवार्ता दिँदै गर्दा मेरा पात्रहरुको बारेमा सुनेर कार्यक्रम सञ्चालकले अन-इयरमै हप्ताको एक/एक जना गदैर् प्रत्येक पात्रलाई ल्याइदिनुस् भनेर भन्नुभयो ।
उहाँले बालबाटिका कार्यक्रममा उनीहरुको कुरालाई समावेश गनेर् प्रतिबद्धता व्यक्त गर्नुभयो । र, मुख्य कुरा कर्मले अहिले बालबालिकाको विषयमा राष्ट्रिय रुपमै बहस सिर्जना गरिदिएको छ ।
No one has commented yet. Be the first!