Preeti to Unicode

एसएलसीमा कुन ग्रेड ल्याउनेले के पढ्ने ? (हेर्नुहोस् पूर्ण विवरण)

समूह १ : साइन्स समूहका फिजिक्स, केमेस्ट्री, बायोलोजी, गणित वा कम्प्युटर साइन्स विषयमा कक्षा ११ मा भर्ना पाउन कम्तीमा जिपिए २ ल्याउनुपर्ने, साइन्स र गणितमा सी प्लस, अंग्रेजीमा सी र सोसल र नेपालीमा डी प्लस ल्याउनुपर्नेछ ।

समूह २ : भोकेसनल समूहका विषय एनिमल साइन्स/प्लान्ट साइन्स, इलेक्टिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ तथा कम्प्युटर इन्जिनियरिङका लागि न्यूनतम जिपिए १.६ हुने पर्नेछ । 

साइन्स, गणित र अंग्रेजीमा न्यूनतम सी ग्रेड, सोसल र नेपालीमा डी प्लस ल्याउनुपर्नेछ।

समूह ३ : गणित, एकाउन्टेन्सी, अर्थशास्त्र, कम्प्युटर साइन्स, टिचिङ म्याथ, को–अपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, भूगोल, साइकोलोजीका लागि न्यूनतम जिपिए १.६ तोकिएको छ । 

यी विषय पढ्न एसएलसीमा गणितमा न्यूनतम सी तथा अंग्रेजी, नेपाली र सोसल साइन्समा न्यूनतम डी प्लस ल्याउनुपर्ने व्यवस्था छ ।

समूह ४ : फिजिकल एजुकेसन, केमेस्ट्री एजुकेसन, बायोलोजी एजजुकेसन, टिचिङ साइन्सका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्नेछ । 

एसएलसीमा साइन्स र गणितमा न्यूनतम सी तथा अंग्रेजी, नेपाली र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्नेछ ।

समूह ५ : अंग्रेजी, अल्टरनेटिभ इंग्लिस, टिचिङ इंग्लिस र लिंगुस्टिक पढ्न न्यूनतम जिपिए १.६ ल्याउनुपर्ने हुन्छ ।

 एसएलसीमा अंग्रेजीमा न्यूनतम सी तथा नेपाली र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्ने व्यवस्था छ ।

समूह ६ : मास कम्युनिकेसन, होटेल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम अध्ययनका लागि न्यूनतम जिपिए १.६ र एसएलसीमा अंग्रेजीमा सी तथा नेपाली, गणित र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्नेछ ।

समूह ७ : नेपाली, टिचिङ नेपालीका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्छ ।

एसएलसीमा नेपालीमा न्यूनतम सी, अंग्रेजी र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्नेछ ।

समूह ८ : पोलिटिकल साइन्स, इतिहास, कल्चर, होम साइन्स, सोसियोलोजी, साइकोलोजी, लाइब्रेरी एन्ड इन्फरमेसन साइन्स अध्ययनका लागि लागि न्यूनतम जिपिए १.६ चाहिन्छ । 

यी विषय अध्ययन गर्न एसएलसीमा सोसलमा न्यूनतम सी, नेपाली र अंग्रेजीमा न्यूनतम डी प्लस ल्याउनुपर्नेछ ।

समूह ९ : इन्ट्रोडक्सन टु एजुकेसन, इन्ट्रोडक्सन टु पेडागोजी, हेल्थ एन्ड फिजिकल एजुकेसन, पपुलेसन स्टडिज, इन्भाइरोमेन्ट एजुकेसन अध्ययनका लागि पनि जिपिए न्यूनतम १.६ चाहिन्छ । 

एसएलसीमा इपिएचमा न्यूनतम सी तथा नेपाली, अंग्रेजी र साइन्समा न्यूनतम डी प्लसको ब्यवस्था ल्याउनुपर्नेछ ।

समूह १० : ह्युमन भेलु एजुकेसन, जनरल ल, संस्कृत व्याकरण, साहित्य, न्याय, वेद, नीतिशास्त्र, बौद्ध एजुकेसन र कानुन अध्ययनका लागि न्यूनतम जिपिए १.६ का साथै नेपाली, अंग्रेजी र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्ने व्यवस्था छ ।

समूह ११ : मैथिली, हिन्दी, नेवारी, फ्रेन्च, जापनिज, उर्दू, जर्मन, चाइनिज र अरू भाषा अध्ययनका लागि न्यूनतम जिपिए १.६ र इंग्लिसमा न्यूनतम डी प्लस ल्याएमा कक्षा ११ मा भर्ना पाउने व्यवस्था गरिएको छ ।

समूह १२ : डान्स, म्युजिक, स्कल्प्चर, पेन्टिङ, एप्लाइड आर्ट, स्पोर्टस् र अरू विषयमा न्यूनतम जिपिए १.६ र इंग्लिसमा न्यूनतम डी प्लस ल्याएमा कक्षा ११ मा भर्ना पाउने व्यवस्था गरिएको छ । (स्रोतः नयाँ पत्रिका)
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

कृपया प्रतिकृया यहाँ पोष्ट गरिदिनु होला।