गौरव पोखरेल
संगिता (नाम परिवर्तन), १५, कक्षा ५ मा पढ्दैदेखि चुरोट सेवन गर्न थालिन् । विद्यालयको होस्टलमा बस्दै आएकी उनले सोही होस्टलमा बसेर कक्षा ९ तथा १० मा पढ्दै गरेका दाजुहरुबाट चुरोट सेवन गर्न सिकिन् ।
“शुरुशुरुमा त अरुले सेवन गर्दा हुन्छ भने मैले चाँहि सेवन गर्दा के हुन्छ भन्ने लाग्थ्यो ।” अहिले कक्षा ९ मा पढ्दै गरेकी उनी भन्छिन्, “विस्तारै कुलतमा फसिदै गइयो । अहिले छाती दुख्न थालेको छ । केही समय अघि बाबाले अस्पताल लग्नु भएको थियो । इन्फेक्सन भएको छ रे ।”
“चुरोट सेवन गर्नु हुँदैन भन्ने थाहा हुँदा हुँदै पनि किन सेवन ग¥यौ त ?”, यो प्रश्न सोध्दा नाम उल्लेख नगरिदिने सर्तमा उनले सहजै भनिन्, “दाजुहरुको देखासिखी गरेर फसियो । अरुलाई म ठूलो हँु नि भनेर देखाउन पनि साथीहरु चुरोट सेवन गर्छन् ।”
यता कक्षा ९ मै पढ्दै गरेकी सुस्मिता (नाम परिवर्तन), १५, पनि कक्षा ८ मा पढ्दैबाट चुरोट सेवन गर्न थालिन् । “मेरो त ब्वाइ फ्रेण्डले नै चुरोट सेवन गर्दो रहेछ । मलाई त थाहै थिएन ।”, हाँस्दै उनी भन्छिन्, “एक दिन उसैले चुरोट सेवन गर्छु भन्यो । शुरुमा त रिस उठेको थियो । तर पछि त आफैँ चुरोट सेवन गर्न थालियो ।”
यता समिर (नाम परिवर्तन), १६, का बुबा ऊ कक्षा ८ मा पढ्दै विदेशिनु भएको थियो । घरमा पनि ममि र बहिनी मात्र । उनी अहिले कक्षा १० मा अध्ययन गर्दै छन् । उनी सुर्तीजन्य पदार्थका साथै लागु पदार्थ समेत सेवन गर्छन् ।
“बुबाले विदेशबाट पैसा पठाइ रहनु हुन्छ । पैसाको खाँचो नै हुँदैन । फेरि म धेरै जसो समय खाली रहन्थें ।” उनले भने, “म कक्षा ९ मा पढ्दाको कुरा हो । एक दिन विद्यालयमा एउटा साथीले लागु पदार्थ सेवन गर्न सिकाएको हो । म धेरै जसो समय फुर्सद रहन्थें । फेरि सामुदायिक विद्यालयमा पढेपछि एक किसिमको बेग्लै स्वतन्त्रता हुँदो रहेछ । त्यही स्वतन्त्रता र असल साथी खोज्न नसक्दा म दुव्र्यसनमा फसें ।”
यता सन्दिप (नाम परिवर्तन), १७, को कथा पनि उस्तै छ । झापा घर भएका सन्दिपको आमाको ऊ सानै छँदा स्वर्गारोहण भएको थियो । त्यसपछि बुबाले अर्की श्रीमति भित्र्याउनु भयो । सन्दिपलाई राम्रो शिक्षा दिने निहुँमा काठमाडांैस्थित एक विद्यालयको होस्टलमा कैद बनाइयो ।
“सानैदेखि बुबाआमाको स्नेहबाट टाढा भइयो ।”, सन्दिप भन्छन्, “त्यसैले अहिले पनि मलाई परिवार भन्दा साथीहरुकै समूहमा बस्न मन पर्छ ।”
हाल कक्षा १० मा पढ्दै गरेका उनले पारिवारिक माया, प्रेम, स्नेह र सद्भाव नपाउँदा आफू मात्र दुव्र्यसनी बनेन््, अरु धेरै साथीहरुलाई दुव्र्यसनको लतमा फसाए । राजधानीको होस्टलमा बसेर लागु पदार्थको कुलतमा फसेको थाहा पाएपछि उनका बुबाले सन्दिपलाई झापा नै पढाउन ल्याउने निर्णय गरे ।
“झापा आएपछि छोरो सप्रिन्छ कि भन्ने लागको थियो ।”, उनका बुबा भन्छन्, “तर एक चोटी कुलतमा फसिसकेको मान्छेलाई त्यसबाट मुक्त गराउन साह्रै गाह्रो हुँदो रहेछ ।” सन्दिप झापा आएर झापाकै सामुदायिक विद्यालयमा पढ्न थाले । उनका बुबा समाजमा गन्यमान्यकै रुपमा परिचित थिए । गाउँले भाषामा भन्दा उनी “ठूलावडा” भनाउदा थिए । तर उनकै छोरा भने दुव्र्यसनी !
सन्दिपले झापाको सामुदायिक विद्यालयमा भर्ना भएपछि नयाँ साथीहरु बनाए । उनका साथीहरुमा समिर सहित सुदिप, मानव, सुमन (नाम परिवर्तन) लगायत थिए । शुरुशुरुमा त उनले आफ्नो कालो दुव्र्यसनी रुपमा बाहिर प्रस्तुत गरेनन् । तर सत्य कहिलेसम्म लुक्छ र ! उनी आफैं दुव्र्यसनी भएपछि उनले एक दिन साथीहरुलाई त यो सत्यता सुनाउनै पर्ने थियो । उसका नजिकका साथी कहलिएकाहरुले पनि आखिर उसको वास्तविकता थाहा पाए । शुरुशुरुमा त ती सबै आक्रोसित देखिए । तर विडम्बना ! विस्तारै अन्य सबै साथीहरु पनि कुलतको दलदलमा फस्दै गए ।
सुदिप (१५) विद्यालयमा जान्ने विद्यार्थीको रुपमा गनिन्थ्यो । सबैले उसलाई राम्रो विद्यार्थीको संज्ञा दिएका थिए । तर ‘जान्ने–बुझ्ने’ कहलिएको उसलाई अहिले दिनमै ५–६ पटक चुरोटको ‘पफ’ नतानी चित्तै बुझ्दैन । “जिन्दगी यस्तै हो ।” सुदिप भन्छन्, “आजै त हो नि मोज गर्ने भोलि त के हो के ?”
यसरी विद्यालयमा राम्रो विद्यार्थी कहलिएकाहरु पनि खराब संगतले दुव्र्यसनमा फस्ने गरेका प्रशस्तै उदाहरणहरु पाइन्छन् । सुर्ती तथा लागु पदार्थले दिएको क्षणिक आनन्दमा रम्दै गरेका सुदिप र उनका साथीहरुलाई के थाहा ? आज गरिएको उनीहरुको मोजले भोलिलाई पतन गराइरहेको कुरा ।
यता सन्दिपका अन्य साथीहरु पनि लागु पदार्थको दुव्र्यसनीमा फस्दै गए । अनि शुरु भयो ‘ग्रुपिजम’ । सन्दिपसँगको लतले फसेका अन्य साथीहरु एकीकृत भए । उनीहरुले लागु पदार्थ दुव्र्यसनमा फसेकाहरुको एउटा ‘ग्रुप’ नै बनाए । अन्डरग्राउड ।
‘अन्डरग्राउड ग्रुप’ विद्यालयमा होहल्ला गर्ने, शिक्षकले दिएको गृहकार्य नगर्नेजस्ता काम गर्न माहिर देखिए । विद्यालय बाहिरकाहरुसँग पनि उनीहरुको लोकल भाषामा भन्दा ‘ग्याङ फाइट’ परिरहन्थ्यो । धेरै पटक त प्रहरी समेत विद्यालय परिषरमा आएको हो ।
कहिले कसैको बर्थ डे पार्टी त कहिले कसैको बिहे । यस्ता सन्दर्भहरु अन्डरग्राउण्ड ग्रुपका लागि उत्तम अवसर ठहरिन्थे । ग्रुप चुरोटको ‘पफ’, विस्की र गाँजा अनि अन्य विभिन्न प्रकृतिका लागु पदार्थको चरम आनन्द लिन तल्लीन रहन्थ्यो ।
“जान्ने बुझ्ने ठहरिएकाहरु पनि खराब संगतले एकाएक दुव्र्यसन फस्दा रहेछन् ।” उनीहरुको कक्षा क्याप्टेन दुखेसो पोख्छन्, “केहि महिना अघिका मेरा साथीहरु र केहि महिना पछिका तिनै साथीहरुमा आकाश पतालको फरक पाइन थाल्यो । आखिर उनीहरुका लागि एक महिना नै लागु तथा सुर्तीजन्य पदार्थको कुलतमा फस्न काफी भएछ ।”
माथि प्रस्तुत गरिएका वास्तविक घट्नाहरु त नेपाली समाजका प्रतिनिधि हस्ताक्षर मात्र हुन् । यहाँका बालबालिकाहरुले बाल्यवस्थामा मातृ तथा पितृ स्नेहबाट बञ्चित हुँदा, असल साथी बनाउन नसक्दा, शिक्षक तथा अभिभावकबाट उचित परामर्श नपाउँदा र फुर्सदको समय धेरै हुँदा लागु तथा सुर्तीजन्य पदार्थको दलदलमा फस्ने गरेका छन् । जसले गर्दा उनीको भविष्यको त कुरै नगरौं वर्तमान नै अनिश्चित छ ।
नेपाल सरकार, केन्द्रीय तथ्याङ्क विभागले वि.स. २०६९ मा गरेको एक सर्वेक्षणका अनुसार यहाँ ९१ हजार ५ सय ३४ (गाँजा र मदिरा सेवन गर्ने बाहेक) लागु पदार्थ सेवनकर्ता छन् । जसमध्ये पनि ८५ हजार २ सय ४ पुरुष छन् भने ६ हजार ३ सय ३० महिला रहेका छन् । केन्द्रीय तथ्याङ्क विभागले नै वि.स. २०६४ मा सार्वजिक गरेको एक रिपोर्टमा लागु पदार्थ सेवनकर्ताहरुको संख्या ४६ हजार ३ सय ९ देखाइएको थियो । यसरी २०६४ र २०६९ मा भएको दुई सर्वेक्षणलाई हेर्ने हो भने ५ वर्षको अन्तरालमा लागु पदार्थ दुव्र्यसनीको संख्या झण्डै दोब्बर भएको देखिन्छ । यो नेपाली समाजका लागि चुनौतिको विषय हो । आज हजारौं बालबालिका तथा युवावर्ग लागु पदार्थको क्षणिक आनन्दमा रम्दै आफ्नो भविष्यलाई पीडित बनाइरहेका छन् ।
नेपालका कुल लागु पदार्थ दुव्र्यसनी मध्ये ३२.३ प्रतिशत दुव्र्यसनीले १५ वर्ष नकटी नै लागु पदार्थ सेवन गर्न थालेको पाइन्छ । यता लागु पदार्थ दुव्र्यसनीहरु मध्ये ६५.१ प्रतिशतले विवाह गरेका छैनन् भने २९ प्रतिशल लागु पदार्थ दुव्र्यसनीहरु वैवाहिक जीवनमा बाँधिएका छन् । यता लागु पदार्थ सेवनकर्ताहरुको शैक्षिक पाटोलाई हेर्ने हो भने यहाँका कुल लागु पदार्थ सेवनकर्ता मध्ये ४१.९ प्रतिशतले माध्यमिक तहको शिक्षा लिएका छन् भने ३४.२ प्रतिशतले एसएली उत्तीर्ण गरेका छन् ।
हाल नेपालमा रहेका लागु पदार्थ दुव्र्यसनी मध्ये २२ प्रतिशत अहिले पनि विद्यालय वा क्याम्पसमा अध्यनरत छन् । आखिर विद्यालयमा विद्या आर्जन गर्न जाने बालबालिकाहरुलाई लागु पदार्थको दुव्र्यसनबाट टाढा राख्न शिक्षक वर्गको चाँहि कस्तो भुमिका रहनु पर्छ त ? कनकाई उच्च माध्यमिक विद्यालय, सुरुङ्गाका शिक्षक चन्द्रप्रसाद पोखरेल भन्छन्, “बालबालिकाहरुलाई मित्रवत व्यवहार गर्नु प¥यो । शिक्षकहरुको भनाइलाई विद्यार्थीले नकार्न सक्दैनन् । उनीहरुलाई शिक्षकले समयमै लागु पदार्थ दुव्र्यसनको नकारात्मक पक्षबारे सचेत गराउन सके लागु पदार्थ दुव्र्यसनमा फसेका बालबालिकाहरुको संख्या घट्ने निश्चित छ ।”
“विद्यार्थीहरुले लागू पदार्थ कहाँबाट पाउँछन् त ?”, यो प्रश्न झापाकै एक विद्यालयमा अध्ययनरत लागु पदार्थसेवनकर्ता विद्यार्थीलाई सोध्दा नाम नबताउने सर्तमा उनी भन्छन्, “ लागु पदार्थ सेवन गर्ने अन्य दाजुहरुले ल्याइदिन्छन् । मेडिकलहरुबाट पनि कहिलेकाहिँ ल्याइन्छ । अनि अन्य विभिन्न स्रोतहरु पनि छन् । जस्तैः नेपाल र भारतको बोडर क्षेत्रहरु सिलगढी, डिलब्याङ्क (झापा बजार) लगायतका क्षेत्रमा पनि खरिद गरिन्छ ।”
नेपालमा देखिएका कुल लागु पदार्थ सेवनकर्ता मध्ये २१ प्रतिशत विद्यार्थीहरु रहनुमा जिम्मेवार को त ? झापाका अधिवक्ता टीकाप्रसाद कडेँल भन्छन्, “यसमा परिवार, समाज र राज्य तीन वटै पक्ष जिम्मेवार छन् । आज परिवार र समाज यति धेरै व्यक्तिवादी भएको छ कि उसले आफू बाहेक अरुको विषयमा पटक्कै चिन्तन गर्दैन । जस्तैः एउटा अभिभावकले नै विद्यार्थीहरुलाई चुरोट बेचिरहेको हुन्छ । चुरोट विक्री गर्ने व्यक्ति पनि त कसैको अभिभावक हो नि । उसले आफ्नो सन्तान सरहका विद्यार्थीहरुलाई सुर्तीजन्य तथा लागुपदार्थ विक्री नगर्दा हुने हो नि । अनि राज्यले पनि यसमा विशेष ध्यान पु¥याउनु पर्छ ।”
अधिवक्ता कडेँलका अनुसार सरकारले लागु पदार्थ दुव्र्यसनलाई समाजिक समस्याको संज्ञा दिएर यसलाई अझ बढवा दिएको छ । उनका विचारमा यसलाई कानुनी समस्याको रुपमा लिइनु पर्छ । उनी भन्छन्, “सामाजिक समस्यामा सजाय दिन पाइँदैन । यसको न्यूनिकरण गरिनु पर्ने हुन्छ । तसर्थ लागु पदार्थ दुव्र्यसनलाई कानुनी समस्याको रुपमा लिइनु पर्छ ।” सरकारले लागु पदार्थ दुव्र्यसनलाई सामाजिक समस्या भन्नु नै समस्या भएको उनको जिकिर छ ।
विद्यालयमा जान्ने बुझ्ने ठहरिएका विद्यार्थीहरु पनि लागू पदार्थ सेवन गर्छन् । आखिर उनीहरु केका लागि लागू पदार्थ सेवन गर्छन् त ? “मैले त शुरुमा लागू पदार्थ सेवन गर्दा कस्तो हुन्छ भन्ने अनुभव लिन सेवन गरेको थिएँ । तर विस्तारै विस्तारै दुव्र्यसनमा फसियो ।” एक लागु पदार्थ सेवनकर्ता विद्यार्थी भन्छन्,“मेरा कोहिकोहि साथीहरु चाहिँ पारिवारिक तथा पढाइ सम्बन्धी समस्याले समेत लागु पदार्थ सेवन गर्न थालेका हुन् ।”
लागु पदार्थसेवन गर्ने व्यक्तिहरु १३ वर्षदेखि ५० वर्षसम्मका रहेको केन्द्रीय तथ्याङ्क विभागको अनुसन्धानले देखाएको छ । देशलाई समेत सकारात्मक दिशाबोध गर्न सक्ने उमेर समूहका उर्जाशिल व्यक्तिहरु दुव्र्यसनमा पर्नु राष्ट्रको निम्ति निकै ठूलो घाटा हो । लागु पदार्थ दुव्र्यसन विश्व व्यापी समस्या हो । जसले लाखौं मानिसहरुको जीवनलाई अन्धकारमय बनाइदिएको छ । नेपालको सन्दर्भमा गाँजा र मदिरा धार्मिक प्रचलन अनुरुप सदियौंदेखि सेवन गरिँदै आएको छ । तर अहिले विज्ञान अनि प्रविधिको तीब्र विकास, आधुनिकताले गर्दा लागु पदार्थ सेवन गर्ने प्रक्रिया व्यापक भएको छ । बुढापाकाहरुले शिवरात्री जस्ता धार्मिक अवसरमा थोरै मात्रामा सेवन गर्ने यस गाँजा र मदिराकै विस्तृत रुप भनौं या के भनौं ? हाल लागु पदार्थ सेवन गर्ने तरिकामा फरकपन आएको छ ।
धुमपानको माध्यमबाट लिइने लागु पदार्थ अहिले सिरिन्जसम्म पुगेको छ । यही अवस्था यदी रहिरहने हो भने भविष्यमा लागु पदार्थ सेवन गर्ने अन्य विभिन्न तरिकाहरु निस्किने निश्चित छ । एकातिर लागू पदार्थ सेवनले एच.आइ.भी. भाइरसको इन्फेक्सनलाई बढवा दिइरहेको छ भने अर्का तिर यो समस्यालाई न्यूनिकरण गर्नु पर्ने चुनौति हाल नेपाल सरकारको काँधमा छ ।
From: Purwanchal National Daily
No one has commented yet. Be the first!