गौरव पोखरेल
“आज पनि साथीहरुले जिस्क्याए । अब त विद्यालय पनि जान मन लाग्न छाडी सक्यो ।”, हरिप्रसाद एकान्तमा फत्तफताउँदैछ ।
ब्राह्मण परिवारमा जन्मिएको हरिप्रसादको टाउकोमा लामो ‘टुप्पी’ छ । पण्डित्याइँमा सधैँ व्यस्त रहने हरिप्रसादका बुबालाई उसले लामो ‘टुप्पी’ राखेकै कारण भोग्नु परेको व्यथाको बारेमा कुनै कल्पना नै छैन । यता दैनिक पूजापाठमै व्यस्त रहने हरिप्रसादकी आमालाई पनि हरिप्रसादको व्यथा सुन्ने फुर्सद छैन ।
जब विद्यालय जाने समय हुन्छ तब हरिप्रसादको व्यथा चरम उत्कर्षमा पुग्छ । आखिर हरिप्रसादका साथीहरु लामो ‘टुप्पी’ कै विषयलाई लिएर उसलाई गिज्याउन सधा तछाडमछाड गथ्र्ये ।
आज पनि विद्यालयको प्राङ्गडमा पुगिसकेको छ हरिप्रसाद । “ओए... टुप्पे आयो ! ओए... टुप्पे आयो !” विद्यालयको प्रवेशद्वारमा ऊ पुग्ने वित्तिकै सहपाठी राम चिच्याउछ ।
हरिप्रसाद विद्यालयमा प्रवेश गर्ने वित्तिकै रामले ‘टुप्पे’ भन्दै चिच्याएपछि अरु साथीहरु पनि हरिप्रसाद भएको ठाउँमा आइपुग्छन् । अनि झन् बढ्छ त्यो अबोध बालकको बाल मानसपटललाई खल्बल्याउने कार्य । सबै साथीहरु उसको लामो ‘टुप्पी’ तान्न थाल्छन् । आफूसँगै पढ्ने साथीहरुले आफ्नो ‘टुप्पी’ को विषयलाई लिएर गर्ने आपत्तिजनक व्यवहार देखि निराश छ हरिप्रसाद ।
“अइया.... अइया......”, हरिप्रसाद कराउँदै गुरुबा भएको ठाउँमा पुग्छ । त्यस दिन त साथीहरुले उसको ‘टुप्पी’ मात्र तानेनन्, उसलाई पिटे पनि । साथीहरुले गिज्याएर मानसिक तनाब व्यहोरिरहेको हरिप्रसादले आजबाट शारीरिक तनाब पनि खेप्नु पर्ने भयो । गुरुबालाई कुरा सुनाउँदा समस्या हल हुन्छ कि भन्ने मनसाय लिएर हरिप्रसाद गुरुबा भए तिर लाग्यो । तर अपशोच ! उसका आशा माथि गुरुबाका तीता शब्दहरुले तुषारापात गरिदिए । गुरुबाको उत्तर थियो–“लामो ‘टुप्पी’ भएकोलाई ‘टुप्पे’ नभनेर कसलाई भन्नु त ! साथीहरुले ठीकै त भनेछन् नि !”
दैनिक जसो साथीहरुका लागि हाँसोको पात्र बन्थ्यो हरिप्रसाद । विद्यालयमा सबैको व्यवहार देखि आजित भएको हरिप्रसाद अब त विद्यालय नै जान छाड्ने सोच बनाउँदै थियो । एकातिर विद्यालयमा साथीहरुले गिज्याउने अनि अर्कातिर घरमा पनि अभिभावकले वास्ता नगर्दा हरिप्रसाद आफूलाई संसारकै एक्लो भएको महसुस गथ्र्याे । उसका लागि धार्मिक चलनका नाममा रहको ‘टुप्पी’ पाल्ने परम्परा निकै कष्टकर थियो ।
बुबाआमा तथा अन्य मान्यजनहरुको माया, प्रेम, स्नेह र सद्भाव पाउनु पर्ने समयको अबोध बालक हरिप्रसाद अरुले आफूलाई गिज्याउँदा निकै तिरस्कृत ÷ घृणित भएको महसुस गथ्र्यो । बेलाबखतमा त उसको बाल मानसपटलले उसलाई आत्मा हत्या गर्न समेत प्रेरित गथ्र्यों ।
साथीहरुले लामो ‘टुप्पी’ भएकै कारण सधा जिस्क्याइ रहदा उसलाई पढ्न पनि खासै रुचि लाग्दैनथ्यो । यसरी धार्मिक परम्पराको नाममा रहेको लामो ‘टुप्पी’ राख्ने परम्पराले हरिप्रसादलाई सधैँ तनाब दिइरहन्थ्यो ।
आखिर कसले बुझ्ने हरिप्रसादको मर्म ? उसको व्यथा ? बाल मनोविज्ञानका बारेमा अनविज्ञ रहेका उसको शिक्षकले ? कि आफ्नो सन्तान प्रतिको उत्तरदायित्व बोध गर्न असमर्थ उसको बुबाआमाले ? साथीहरु त समाजले सिकाएको संस्कारको त उदाहरण दिँदै थिए । निकै सङ्कटमा छ आज हरिप्रसाद ।
‘टुप्पी’ कै कारण साथीहरुले दिने दिक्दारीबाट बच्ने उपायको खोजी गर्न तल्लीन छ हरिप्रसाद । अरु साथीभाइहरुसँगै हाँसखेल गर्ने र अभिभावकको न्यायो माना र स्नेह पाउने उसको चाहना छ ।
‘टुप्पी’ समस्याबाटै छुटकरा पाउन उसले ‘टुप्पी’ नै काट्ने सोच नबनाएको पनि होइन । तर, ऊ सोच्ने गथ्र्याे–“ ‘टुप्पी’ काटौं त एकातिर बुबाको पिटाइ र गाली खानु पर्ने डर.... नकाटौं त साथीभाइहरुले सधा गिज्याइरहने डर ।” ऊ एक किसिमले ठूलै धर्म सङ्कटमा परेको थियो । साथीहरुको नराम्रो व्यवहारबाट सधैँको लागि छुट्टी पाउने उपाय निकाल्न उसले सकिरहेको थिएन ।
आज त हरिप्रासदले ‘टुप्पी’ समस्याबाट छुटकारा पाउने उपाय खोज्न थालेको पनि साता बितिसकेको छ । तर पनि कुनै उपाए निस्किएको छैन ।
एकदिन रातीको कुरा हो, घरमा लुगा काटेर हैनार पार्ने डुहुरे मुसाले चाहीँ हरिप्रसादको लागि एउटा राम्रो उपाय जुराइदियो ।
“धन्य डुहुरे !”, राति करिब ११ बजे हरिप्रसाद बुरुक्क उफ्रियो ।
उसले कस्तो उपाए सिकेको थियो कुन्नी ? बुबाले कपाल काट्न प्रयोग गर्नु हुने कैंची ल्यायो र आफ्नो दिक्कदारीको पात्र ‘टुप्पी’ लाई चिरिक्.... चिरक्..... काट्यो र मुसा दगुरिरहेको ठाउँमा फ्यात्त फ्याल्यो ।
अब हरिप्रसादले टुप्पीबाट छुटकरा त पायो तर अब परिणाम चाहीँ के हुने हो ? अब ऊ त्रसित र चिन्तित पनि भयो । तर आज ऊ एक प्रकारले हर्षित पनि थियो किनकी उसले ‘टुप्पी’ समस्याबाट छुटकरा पाएको थियो ।
सधा साढे ५ बजे उठिसक्ने हरिप्रसाद आज साढे ६ सम्म पनि सुतिरहेको छ । सधैँ छिटो उठ्ने हरिप्रसाद आज ढिलो उठेको चाल पाएर उसका बुबा उसलाई उठाउन ऊ सुतेको कोठा तर्फ आइपुग्छन् ।
कोठामा बुबा आउँदै गर्दा उनले छोराको लामो ‘टुप्पी’ एउटा कुनामा झरिरहेको देख्छन् । उता हरिप्रसाद भने बिउँझिसकेको भएता पनि निदाए झैँ गरिरहेको थियो । राती मुसाले चिँ.. चिँ.... गरेको सुनेका थिए हरिप्रसादका बुबाले । राति मुसा यताउता डुलिरहेको देखेका पनि थिए उनले । बुबाले कस्तो प्रतिक्रिया जनाउने भनेर निकै डराइरहेको हरिप्रसादको यस पटकको आशा भने आशामा मात्र सीमित रहेन । यस पटक उसले साच्चै नै ‘टुप्पी’ समस्याबाट छुटकरा पायो ।
मुसा कुदिरहने ठाउँमा छोराको टुप्पी देखेर आफ्ना पण्डित बुबाले हठात् चिच्याएका थिए–“लौ न नि... मेरो छोरोको ‘टुप्पी’ मुसाले राति काटेछ ।” यति बेरसम्म हरिप्रसाद पनि उठिसकेको थियो । यसरी हरिप्रसादले ‘टुप्पी’ समस्याबाट छुटकरा पायो ।
आज भोलि त उसलाई विद्यालयमा पनि कसैले ‘टुप्पे’ भनेर जिस्क्याउँदैनन् । ऊ अन्य साथीभाइहरुसँगै हाँसखेल गर्न थालेको छ । घरमा बुबाआमाले पनि उसलाई अलिक महत्वका साथ हेर्न थालेका छन् । यस पटकको वार्षिक परीक्षामा हरिप्रसादले प्रथम भएर पुरस्कार पाउने लक्ष्य समेत लिएको छ ।
From: Udghosh National Daily, Biratnagar

No one has commented yet. Be the first!