Preeti to Unicode

काउन्सिलर एकाडेमी तालिम १ दिनपछि सारियो

सुरुङ्गा । नेपाल जेसिजको आयोजना तथा सुरुङ्गा जेसिजको आतिथ्यमा सुरुङ्गामा हुने भनिएको काउन्सिलर एकाडेमी तालिम ३० दलीय मोर्चाको बन्द आह्वानका कारण सारिएको छ । बन्दको कारण काउन्सिलर एकाडेमी तालिम तोकिएको समय भन्दा १ दिन पछि सारिएको हो  ।
नेपाल जेसिजले गर्ने ठूला कार्यक्रमहरुमध्ये एकमा पर्ने काउन्सिलर तालिम यस वर्ष चैत २७ र २८ गते गर्ने भनिएको भएतापछि एक दिन पछि सार्दै २९ र ३० गते गर्ने तय भएको छ । करिव २० लाख खर्चिएर गरिने कार्यक्रममा नेपाल भरका १ सय ३९ शाखाका करिव ८ सय युवाको जमघट गराउने राखिएको बताइएको छ । अथिति राख्नलाई मात्रै सुरुङ्गा तथा विर्तामोडका विभिन्न लजका ८० बटा कोठा बुक गरिएको आतिथ्य शाखाका एक सदस्यले बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति डा. रामबरण यादव या अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान कार्की ल्याउने तयारी भइ रहेको सुरुङ्गा जेसिजले जनाएको छ । कार्यक्रम सुरुङ्गास्थित प्यारागन एकाडेमीमा हुने बताइएको छ ।
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

कृपया प्रतिकृया यहाँ पोष्ट गरिदिनु होला।