झापा । २०७१ सालको प्रवेशिका परीक्षा अर्थात् एसएसलीको नतिजा अब केहि घण्टापछि प्रकाशन हुँदैछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा प्रकाशनको तयारी गरिरहेको छ । नतिजा दिउँसो १ बजेसम्म सार्वजनिक गर्ने गरी वोर्ड बैठक बसिरहेको बुझिएको छ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक भए पनि यसवर्ष भूकम्पले कार्यालय भवनमा क्षति पुर्याएका कारण केही दिन ढिलो हुने भएको हो ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक भए पनि यसवर्ष भूकम्पले कार्यालय भवनमा क्षति पुर्याएका कारण केही दिन ढिलो हुने भएको हो ।
परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी गरिएको बताउँदै परीक्षा नियन्त्रक द्वारेले बोर्ड बैठक सकिएपछि अन्तिम रुजु गरेर अपराह्न ५ बजेसम्म परीक्षाफल सार्वजनिक गरिने बताए ।
अहिले एसएलसी परीक्षा दिएर बसेका विद्यार्थीहरु आफ्नो नतिजा कस्तो आउने हो भनेर डराएर बसेको अवस्था छ । सबैले परीक्षाको नतिजा आउने समय कुरेर वसिरहेका छन् । फलामे ढोका मानिने एसएलसी परीक्षा कतिले तोडे त्यो भने केहि घण्टामा नै हेर्न सकिने छ ।
0 comments:
Post a Comment
कृपया प्रतिकृया यहाँ पोष्ट गरिदिनु होला।