Preeti to Unicode

एसएलसीको नतिजा यस्तो आयो


भक्तपुुर । गत वर्ष २०७१ को प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

परीक्षामा नियमिततर्फ ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए । 

प्राप्त नतिजाअनुसार कुल उत्तीर्ण संख्या एक लाख ९२ हजार २६७ रहेको छ ।
यस्तै, विशिष्ट श्रेणीमा २१ हजार २४७, प्रथम श्रेणीमा ९० हजार १७६, द्वितीय श्रेणीमा ७६ हजार ४८२ र तृतीय श्रेणीमा चार हजार ३६२ जना उत्तीर्ण भएका छन् ।

अघिल्लो वर्ष ४३ दशमलव ९२ विद्यार्थी उत्तीर्ण भएका थिए । परीक्षा नियन्त्रण कार्यालयको बोर्ड बैठक सकिएपछिे सानोठिमीस्थित शिक्षा विभागको हलमा पत्रकार सम्मेलनको आयोजना गरी परीक्षाफल सार्वजनिक गरिएको हो । 

विसं २०७१ को नियमित परीक्षामा पाँच लाख ७४ हजार ६८५ ले आवेदन दिएकामा चार लाख ५३ हजार ३८ ले परीक्षा दिएका थिए । पुनः परीक्षातर्फ एक लाख ४५ हजार १८३ तथा प्राविधिकतर्फ तीन हजार २८८ विद्यार्थी सहभागी थिए ।रासस
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

कृपया प्रतिकृया यहाँ पोष्ट गरिदिनु होला।