भाद्र-८, कैलाली (एजेन्सी) । सोमबार कैलालीको टिकापुरमा भएको हिंसात्मक घट्नामा संलग्न चार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
४ जनालाई पक्राउ गरी उनीहरुमा आवश्यक अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।
हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउन गरिएको सुदूर पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रामकुमार खनालले बताए ।
अनुसन्धानले उनीहरुलाई दोषी ठहरे कर्तव्य ज्यान मुद्दा चलाइने प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन।
No one has commented yet. Be the first!