Preeti to Unicode

तारा गन्ने कृष्णको सपना

गौरव पोखरेल

नीलो आकाशको शुन्यता भित्र पनि केहि नवीन तत्व अथवा भनौं वस्तुको खोजीमा भौतारी रहने एक वालकको नाम हो कृष्ण । जसको सोच, जोस, जाँगर र उत्साह अरु वालकहरुको भन्दा उच्च कोटीको छ । 
 
विज्ञानसँग सम्बन्धित पाठ्यपुस्तकहरु हुन् या समाचार पत्रहरु या अन्य कुनै पनि किसिमका विज्ञानसँग सम्बन्धित सामग्रीहरु नै किन नहुन् ? त्यस प्रकारका सामग्रीहरुलाई पढ्न, सुन्न, जान्न, बुझ्न र त्यस किसिमका सामग्रीहरुको समीक्षा गर्न भने पछि मरिहत्ते गर्ने बालक कृष्ण आज एक नवीन यन्त्रको विकाशको निमित्त खटिरहेको छ । 
 
विज्ञानसँग सम्बन्धित कुनै पनि कुराको जरैसम्म पुगेर अध्ययन गर्ने स्वभाव भएको ऊ रात्री कालिन सुनसान समयमा विश्व ब्रम्हाण्डमा चमकता प्रदान गर्ने आकाशको ताराहरु गन्ने यन्त्रको विकाशमा आज तल्लीन छ । 

कुनै पनि प्रकारको काम गर्दा अथवा भनौं कुनै पनि प्रकारको खोज तथा अनुसन्धान गर्दा यसो उसो गर्दै कुरो त अन्त्यमा गएर अर्थमा नै ठोकिदो रहेछ–कृष्ण सोच्ने गर्दथ्यो । उसको यस अनुसन्धान कार्यको निमित्त वैदेशिक रोजगारको बाटोलाई अगाँलेका एक दाजुले सहयोग गरिरहनु भएको थियो । 
 
कृष्ण सोच्ने गर्था– एक दिन यदी दाजुले मलाई आर्थिक सहयोग गर्न छाडेको सन्दर्भमा मेरो खोज तथा अनुसन्धानको सम्पूर्ण प्रकृयामा नै पूर्ण विराम त लाग्ने होइन? यस प्रकारको सोच समेत बेला बखतमा कृष्णको वाल मानसपटलमा उब्जने गर्दथे । तर पनि उसले उसको अनुसन्धानको प्रकृयामा भने कुनै ह्रास आउन दिएको थिएन । ऊ अनवरत रुपमा आफ्नै कर्ममा विश्वास गरी कार्यमा लागि परिरहेको छ । 
 
दिन दुई गुणा, रात चौगुणा उसको मानसिक ज्ञानका अलावा विज्ञानसँग सम्बन्धित विषय वस्तुहरुको ज्ञानमा समेत बढोत्तरी भएर जादैँ गरेको छ । अहिले कृष्ण आफ्नै अनुसन्धानको निम्ति फेरी आफ्नो प्रयोगशाला यानिकी ल्याबमा उपस्थित भई सकेको छ । उसले ल्याबमा प्रवेश गर्ने वित्तिकै आफ्ना विज्ञानरुपी अनुसन्धानात्मक सामग्रीहरुलाई स्पर्स गर्यो र फेरी आफ्नै अनुसन्धानमा तल्लीन रह्यो ।
 
ऊ १५ वर्षको एक विद्यार्थी भए पनि उसको सोच, विचार, विज्ञान प्रतिको रुची नितान्त विशाल छ, अनन्त र असिम छ । विज्ञानरुपी वैज्ञानिकहरुले विश्व ब्रम्हाण्डमा भएका सम्पूर्णं तत्वहरु माथि विजय हाँसिल गरिसकेको भएता पनि अझै पनि आकाशको तारा गन्न नसकेको अवस्था निर्विवादित छ । 
 
तसर्थ ऊ विज्ञानरुपी वैज्ञानिकहरुको आकाशको तारा गन्ने सपनालाई मूर्त रुप दिने उद्देश्यका साथ प्रगति थुम्की तर्फ लम्की रहेको छ । 
 
ऊ निरन्तर भूगोल तथा विश्व ब्रम्हाण्डको क्षेत्रमा विविध खोज तथा अनुसन्धानहरु गरिरहेको छ । यत्तिका दिनसम्म ऊ आकाशको तारा गन्ने प्रक्रियामा अविरल प्रयासरत छ र सफलताको केन्द्र बिन्दुमा लम्की रहेको छ ।
 
दैनिकरुपमा ल्याबमा प्रवेश गरी त्यस विषय भित्र रहेर विविध अनुसन्धानहरु गर्नु उसको नित्य कर्म सरह भई सकेको छ । 
 
कतिपय छरछिमेकी, सखी तथा अन्य व्यक्तिहरुले उसको काम यानिकी कार्यहरु प्रतिको लगावको प्रशंसा गर्दैछन् त कतिपय भने आकाशको तारा गन्ने कृष्ण त बौलाहा पो भएछ भनी आ–आफ्नो अभिव्यक्ति पोखिरहेका छन् । 
 
अरु व्यक्तिहरुको दृष्टिकोणमा ऊ जे–जस्तो ठहरेपनि उसले आफ्नो विज्ञान प्रतिको अनुराग, साधना तथा नित्य कर्मलाई वीसको उन्नाइस हुन दिएको छैन । उसले त्यस किसिमका अभिव्यक्तिहरुलाई प्रेरणा तथा शक्तिको रुपमा लिई आफ्नो नियमित नित्य कर्मलाई अविरल अघि बढइरहेको छ । 
 
सधा झैँ आज पनि ऊ ल्याबमा आएर केहि विषयको सम्बन्धमा गहन अध्ययन तथा अनुसन्धान गरिरहेको छ । सधैँ गरी रहने उसको त्यस प्रकारको नित्यकर्ममा आज भने अलिक पृथकता समाविष्ट भएको आभाष गर्न सकिन्थ्यो । वास्तवमा त्यस दिन उसले जुनेली रातमा आकाशमा देखिने ताराहरुको गणना गर्ने हेतुका साथ आरम्भ गरेको अनुसन्धानको एउटा महत्वपूर्ण पाटोलाई पहिल्याएको थियो ।
 
त्यस दिन उसले तारामा निहित यस्तो किसिमको शक्तिलाई पत्ता लगाएको थियो कि जुन शक्तिलाई उसले फेरि पुनः उत्पादन गरेको खण्डमा उसको तथा सारा विज्ञान जगतकै सपना साकार हुने थियो । 
 
त्यस दिन ऊ सबै भन्दा धेरै खुशी भएको थियो र त्यस खुसीको क्षण अथवा भनौं पललाई बाड्न आफ्नो अभिभावक, सखीहरु तथा उसको प्रेरणाको पात्र विज्ञानका शिक्षक सन्तोष लामा भएको ठाऊँमा हावाको वेगसँगै हुइँकियो ।  विगत लामो समय देखिको उसको अनवरत प्रयास, आत्मा विश्वास तथा दृढसङ्कलपले नै गर्दा ऊ यो सफलताको खुड्किलामा एक कदम अघि बड्न सफल भएको उसको अन्तरमनले बोली रहेको थियो । 
 
उसले अझैं पनि यस्ता थुप्रै खुड्किलाहरु पार गर्नु पर्ने थियो र एक दिन सम्पूर्ण विज्ञान जगतकै निमित्त आश्चर्यको विषय, खोज तथा अनुसन्धानको विषय आकाशमा भएका ताराहरुको गणना गर्ने क्रमको सफलताको विन्दुमा पुग्नु पर्ने थियो । वास्तवमै उसको रचानात्मक सोच, परिवर्तनका संबाहकरुपी विचार तथा वाल जोश अथवा भनौं जाँगरले गर्दा नै ऊ निरन्तर आफ्नो विज्ञानरुपी खोजमा हर्दम तत्पर छ । उसको खोजमा ऊ तल्लीन छ । उसले तारामा पत्ता लगाएको त्यस शक्तिलाई आफ्नो प्रयोगशालामा पुनः उत्पादन गर्यो  ।
 
लामो समयको कडा, परिश्रम र मेहनतको फल पाउने त्यस दिन ऊ आफ्नो अनुसन्धानको परीक्षणका निमित्त मैदानमा उर्लिएको थियो । पुर्णिमाको त्यस जुनेली रातमा उसले मानव जातीकै सोच, विचार, शक्ति र क्षमता भन्दा  बाहिरको विषयलाई प्रमाणित गरेर विश्व जगतलाई आश्चर्यको विषय बाड्ने हेतुका साथ उसको अनुसन्धानको काममा मन्त्रमुग्ध छ आज कृष्ण । 
 
परीक्षणका पल–पलका समयहरुको पानालाई केलाएर हेर्दा उसको मुहारमा उत्सुकतामय भावनाका तरङ्गहरु तरङ्गित भई रहेको आभाष गर्न सकिन्थ्यो । उसले पत्तालगाएको त्यस शक्तिलाई उसलेएक यन्त्रको माध्यमद्धारा हावा यानिकी वातावरणमा प्रवाह ग¥यो ।त्यस शक्तिमा उसले यस्तो यन्त्र जडान गरेको थियो की जुन यन्त्रको माध्यमद्धारा त्यस शक्ति जतिवटा तारामा ठोक्किन पुग्दथ्यो त्यसको तथ्याङ्क कृष्णको प्रयोगशालामा भएको शुसाङ्ख्य यानिकी कम्प्यूटरमा पाउन सकिन्थ्यो । 
 
यसरी बाल वैज्ञानिक कृष्णले पुर्णिमाको दिनमा आकाशमा भएका ताराहरुको सङ्ख्या गन्ने यन्त्रको विकाश गरी विश्व माझ आश्चर्यको विषय आकाशमा देखिने ताराहरुको तथ्याङ्क सार्वजनिक ग¥यो । उसको यो सफलताको चर्चाले गाँऊ, सहर, समाज तथा सम्पूर्ण विश्व जगतनै गुञ्जयमान भएको छ । उसलाई पागल भन्नेहरु समेत आज उसको मुक्त कण्ठले प्रशंसा गर्न थालेका छन् । 
 
अब त देश विदेशका सञ्चार कर्मीहरु तथा लेखकहरु पनि उसको अन्तरवार्ता तथा विचारहरुको सङ्कलनको निमित्त दैनिक रुपमा उसको दलानमा प्रवेश गर्न थालिसकेका छन् । यति मात्र नभएर आज त बाल वैज्ञानिक कृष्णको दैनिकीमा समेत परिवर्तन आएको छ । उसको नित्य कर्ममा तल–माथि भएको छ ।
 
 विश्व माझ ऊ परिचित हुन सफल भई सकेको छ । सोच्दा–सोच्दै ढोका बाहिर कोहि कराएको श्रवण गर्यो उसले । बाहिर आमा भन्दै हुनुहुन्थ्यो,“कृष्ण अझैँसम्म उठेका छैनौं?
 
छिटो उठ, ८:०० बजी सक्यो । विद्यालय जानु पर्दैन?” ऊ छाँगाबाट खसे झैँ भयो र आफ्नो प्रयोगशालामा गएर त्यहाँ भएका विज्ञानरुपी विविध सामग्रीहरुलाई सुम्सुम्याउदैँ उसले भान्सा कोठा तर्फ आफ्ना पाइलाहरु हास्दैँ–हास्दैँ अघि बढायो ।  
 
सम्पूर्ण विश्व जगतकै विविध पक्षहरु माथि लक्ष्य हासिँल गरेर विश्व माझ एक चमत्कारी विषयको रुपमा पृथक स्थान ओघट्न सफल भई सकेको विज्ञान अझैँ पनि थुप्रै विषयहरुको अनुसन्धानमा तल्लीन छ ।
 
विज्ञानले अनगन्ती बस्तुहरु माथि विजय हाँसिल गरे पनि उसले आजसम्म आकाशका तारा भने गन्ने यन्त्रको आविष्कार गर्न नसकेको अवस्था निर्विवादित छ । आशा गरौं कुनै दिन कृष्णको तारा गन्ने सपना विज्ञानले साकार पार्ने छ । विज्ञानले सफलता हाँसिल नगरेको कुनै पनि कुराहरु बाकीँ रहेका हुने छैनन् । 
 
अनि विश्वमा “जय ! जय ! भगवान होइन”,“जय ! जय ! विज्ञान”को स्वर गुञ्जयमान हुनेछ । जय विज्ञान !
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

1 comments:

कृपया प्रतिकृया यहाँ पोष्ट गरिदिनु होला।